फोनिजको २६औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, पत्रकारिता क्षेत्रमा उत्कृष्ट १२ जना पुरस्कृत

home-plan

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६ औं स्थापना दिवस भव्यरुपले मनाएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उदघाटन गरेका थिए । 

a90596a1-ca4b-428e-bd5a-47d67417e2e0.jpg

सो अवसरमा मन्त्री गुरुङले पत्रकारको काम सत्यको उजागर गर्ने रहेकाले समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरे । फोनिजको कार्यक्रमको सफलताको शुभकामना दिदै सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गरे ।

c342a22c-9be5-4cc4-8bea-286a9e6b98f0.jpg

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानुनी राज्यमा कसैको आवाज दबाउन नमिल्ने बताए । आदिबासी जनजाति पत्रकारहरु मुलुकको आवाज भएको बताउँदै उनले पत्रकारलाई अंकुश लगाउन नहुने धारणा राखे ।

27174b1d-afb6-4c64-9f80-54051d54c9dc.jpg

पूर्वमन्त्री हितबहादुर तामाङले पत्रकारलाई बोल्न र लेख्ने अधिकार सधैं सुनिश्चित हुनुपर्ने बताए । आदिबासीले आफ्नो भूमि सुरक्षा गर्न नसकिरहेका बेला पत्रकारले त्यसमा सचेतनाको काम गर्नुपर्ने उनले सुझाव दिए ।

पूर्वमन्त्री तथा एमाले नेत्री भगवती चौधरीले सत्यतथ्यलाई ध्यान दिएर कलम चलाउनु पर्ने बताइन । मुलुक र जनतालाई बाटो देखाउने जिम्मेवारी पत्रकारले गरिरहेको उनले चर्चा गरिन ।  

554d6224-714c-4093-9eeb-4ec9f72fdff7.jpg

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद कान्छाराम तामाङले बागमती प्रदेशमा करिब ३५ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले सोहीअनुसार अधिकार सुनिश्चित हुनुपर्ने बताए । 

फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङले राज्यमा समावेशीता ल्याउनुपर्छ भन्ने उद्देश्यका साथ फोनिज स्थापना भएको बताए । त्यसैगरी नेपाल आदिवासी जनजाति महासङ्का अध्यक्ष गेल्जे लामा शेर्पाले पत्रकारले अध्ययन, अनुसन्धान गरेर मात्र समाचार प्रकाशन गर्नुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको संस्थापक अध्यक्षको विषयमा छलफल अघि बढिरहेको भन्दै यसप्रति आफूहरु सकारात्मक रहेको बताइन । यस विषयमा फोनिजले झक्झकाइरहेको उल्लेख गर्दै पत्रकार महासङ्घ पनि यस विषयमा सचेत रहेको बताइन ।

a98dcb5f-5699-42f3-a8c2-af99f3295b11.jpg

फोनिजका संघीय अध्यक्ष लक्की चौधरीको सभापतित्वमा भएको कार्यक्रममा फोनिजका सल्लाहकार डण्ड गुरुङ, निवर्तमान अध्यक्ष गजुरधन राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा, नेपाल प्रेस युनियनका सचिव लाल मोक्तान, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव मनोज घर्ती मगर, फोनिजकी वरिष्ठ उपाध्यक्ष सरु राना मगर, एआइपीपीका प्रतिनिधि जगत बराम, डिजिएम संस्थाकी साधना लिम्बू, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतले धारणा राखेका थिए । 

f5925af9-7f8f-40e5-85c2-4f082cf4bbd3.jpg

6bebde9e-2815-4703-af94-f5d8e1a0a95d.jpg

१२ पत्रकारलाई सम्मान तथा पुरस्कार
फोनिजले स्थापना दिवसको अवसरमा मंगलबार मातृभाषा पत्रिकासहित १२ जना पत्रकारलाई सम्मान पुरस्कार प्रदान गरेको छ ।

4e9d25e8-4214-4c54-ab85-a5c92206c886.jpg

फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भए ।  सम्मानको राशी नगद ३१ हजार र सम्मानपत्र रहेको छ । 

त्यस्तै, फोनिज पत्रकारिता पुरस्कारबाट पत्रकार सविन प्रियसन, मुनेस रायो मगर, बन्दना दनुवार पुरस्कृत भएका हुन् । नगद २५ हजार र प्रमाणपत्रले उनीहरुलाई पुरस्कृत गरिएको छ । त्यस्तै, अमेरिकामा रहेर पत्रकारिता गरिरहेकी पत्रकार मच्छे देवी गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ ले सम्मानित गरिएको छ । 

सोहीअनुसार फोनिज मलेसिया पुरस्कारबाट सपना थामी र ज्ञानेन्द्र तामाङ पुरस्कृत भएका हुन् ।  नगद १० हजार सहित सम्मानपत्रले उनीहरु पुरस्कृत भए । त्यस्तै, फोनिज युके पत्रकारिता पुरस्कार २०८२ बाट आश गुरुङ र डोल्मा शेर्पा र फोनिज बागमती प्रदेश समितिबाट स्थापना गरिएको फोनिज पुरस्कार २०८२ बाट पूर्णबहादुर मगर पुरस्कृत भए  । सम्मानित र पुरस्कृतहरुलाई मन्त्री गुरुङ र चौधरीले सम्मान पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव समिर बालामीले गरेका थिए। फोनिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा देश–विदेशमा रहेर पत्रकारिता क्षेत्रमा श्रम, समर्पण र उपलब्धि हासिल गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ। 

00278104-774c-4991-8425-d7e250c9888f.jpg

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्वमन्त्रीहरू भगवती चौधरी, हितबहादुर तामाङ र कान्छाराम तामाङ, संवैधानिक आयोगका अध्यक्षहरू, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष तथा सदस्य–सचिव, आदिवासी जनजाति महासंघका अध्यक्ष, विभिन्न जातीय संगठनका प्रतिनिधि, नेपाल पत्रकार महासंघका पदाधिकारी, बौद्धिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख, सञ्चार क्षेत्रका अग्रज तथा फोनिजका सल्लाहकारहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा थारु, तामाङ, मगर, नेवा र शेर्पा समुदायको नृत्य प्रस्तुत गरिएको थियो । 795ec116-4c12-4aa0-9910-f3ab3c2dd8dc.jpg