भृकुटीमण्डपमा र्‍यालीसहित अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस सम्पन्न

home-plan

काठमाडौं ।  ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस देशभरि विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

6_11.jpg

बुधबार काठमाडौंको भृकुटीमण्डपबाट नेपाल जनजाति महासंघले र्‍यालीसहित विभिन्न कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै आदिवासी जनजातिको हकअधिकार र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न युवाको सक्रिय भूमिकाको आवश्यकता औंल्याए। 

 सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।14_1.jpg

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् ।

2_27.jpg