काठमाडौं । ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस देशभरि विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

बुधबार काठमाडौंको भृकुटीमण्डपबाट नेपाल जनजाति महासंघले र्यालीसहित विभिन्न कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै आदिवासी जनजातिको हकअधिकार र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न युवाको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् ।
